कञ्चनपुरबाट झन्डै नौ लाखको अवैंध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट झन्डै नौ लाखको अवैंध सामान बरामद गरिएको छ।
जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–३ भाँसी, भीमदत्त नगरपालिका–५ सुकासालबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान हिरो होण्डा कम्पनिको युके ०३ए३३४ नम्बरको मोटरसाइकलसहित अन्दाजी मूल्य ८ लाख ९३ हजार ६४० बराबरको सामान प्रहरीले बरामद गरेको हो।
उक्त मुल्य बराबरको मेडिफिड, जकेट, बेल्ट, किराना सामान, एसी/फ्रिजमा प्रयोग हुने ग्यास, सुटको कपडा, मिठाई लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।