सुदूर नेपाललाई विश्वसँग जोड्दै

दीपेन्द्र र आसिफको अर्धशत, समोअविरुद्ध २१२ रनको विशाल लक्ष्य

२०८२ असोज ३१, ०५:५४

काठमाडौं :  दीपेन्द्रसिंह ऐरी र आसिफ शेखप्रेरित नेपालले आईसीसी टी–२० क्रिकेट विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ को अन्तिम खेलमा समोअविरुद्ध २१२ रनको लक्ष्य बनाएको छ। 

शुक्रवार ओमानको अल अमेरतामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २११ रनको योगफल खडा गरेको हो। 

नेपालका ओपनर आसिफले सर्वाधिक ६९ रन बनाए। आसिफले ४१ बलमा सात चौका र चार छक्का प्रहार गरे। 

नेपालको निम्ति दीपेन्द्रले पनि अर्धशतक प्रहार गरे। दीपेन्द्रले ३३ बलमा दुई चौका र चार छक्का प्रहार गरे। लोकेश बमले १२ बलमा चार छक्कासहित ३९ रन जोडे। कप्तान रोहित पौडेलले पनि २१ रन प्रहार गरे। 

अर्का ओपनर कुशल भुर्तेलले १७ रन बनाए। 

समोअका सौमानी ताई, डारियस भाइसेर, डानियल बुर्गेस र नोअह मीडले समान एक विकेट लिए। 

नेपालले छनोटअन्तर्गत सुपर–६ को दुई खेलअगावै आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको छ। नेपालले समग्रमा तेस्रोपटक टी–२० विश्वकपमा स्थान बनाएको हो। यसअघि नेपालले सन् २०१४ र सन् २०२४ मा टी–२० विश्वकप खेलेको थियो।
 

कमेन्ट लोड गर्नुस