सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नहरमा डुवेर एक जनाको मृत्यु

२०७६ साउन १५, ०५:५४ खबर संवाददाता

कैलालीको बर्दगोरीया गाउँपालिकामा नहरमा डुवेर एक किशोरको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्वर २ बस्ने नरपती कामीका १४ बर्षीय छोरा दिनेश कामीको नहरमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सोही स्थानमा रहेको कुम्भीया तिरुवा नहरमा नुहाउने क्रममा डुवेर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्ष दक्ष कुमार बस्नेतले बताए। उनको शव पोष्टमार्टमका लागि टिकापुर अस्पतालमा लगिएको छ। 
 

कमेन्ट लोड गर्नुस