सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेनजेट आन्दोलनपछिका गतिविधिहरूमा मेरो तर्क

२०८२ असोज २०, ०५:४९

प्रकाश सिंह नायक, बैतडी : नेपालमा केही महिनाअघि देखिएको “जेनजेट आन्दोलन” ले देशको राजनीतिक र सामाजिक परिदृश्यमा ऐतिहासिक मोड ल्यायो।

भ्रष्टाचार, अन्याय, बेरोजगारी, र राजनीतिक अकर्मण्यताविरुद्ध युवाहरूले उठाएको यो आवाज देशैभर गुञ्जियो। आन्दोलनको नेतृत्व, चाहे त्यो स्वतःस्फूर्त रूपमै किन नहोस्, जनतामा आशा जगाउने माध्यम बन्यो।

तर अहिले, आन्दोलनको तातोपन क्रमशः घट्दै जाँदा, त्यसपछिका गतिविधिहरूले जनतामा विभिन्न प्रश्नहरू खडा गरेका छन्। आन्दोलनको भावनालाई संस्थागत रूपमा अगाडि बढाउनुपर्ने बेला, केही समूहहरू आफ्नो स्वार्थ, राजनीतिक नजिकतामा वा प्रचारमूलक गतिविधिमा केन्द्रित हुँदै गएको देखिन्छ।

आन्दोलनको आत्मा अझै जीवित छ

म, प्रकाश सिंह नायकको तर्कमा, जेनजेट आन्दोलन केवल विरोध प्रदर्शन होइन, एक मानसिक क्रान्ति थियो — जसले युवालाई प्रश्न गर्न, नेतृत्व माग्न र देशको नीति निर्माणमा सहभागी हुन प्रेरित गर्‍यो।

त्यो आत्मा अझै मरेको छैन। गाउँदेखि सहरसम्मका युवाहरू अहिले पनि परिवर्तनको बाटो खोजिरहेका छन्।

तर, आन्दोलनका अगुवाहरू र त्यसमा संलग्न समूहहरूले जनतामा देखिएको त्यो विश्वास कायम राख्न सकेका छैनन्। नेतृत्वको अभाव, स्पष्ट नीति र दीर्घकालीन योजना नहुँदा आन्दोलनको ऊर्जा क्रमशः कमजोर बन्दै गएको छ।

राजनीतिक दल र सत्ता प्रतिको अविश्वास

जेनजेट आन्दोलनपछि आम युवाहरूमा राजनीतिक दलप्रति अविश्वास झन् गहिरो बनेको छ। पुराना दलहरूले आन्दोलनलाई अस्थायी जोशको रूपमा लिएर त्यसको मर्म बुझ्न सकेका छैनन्।

सरकार र प्रशासनले पनि आन्दोलनका मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्न नसकेका कारण युवाहरूको आक्रोश अझै बाँकी छ।

अबको बाटो

अब आवश्यकता  : जेनजेट आन्दोलनका मागहरूलाई दस्तावेजीकरण गरी राष्ट्रिय एजेण्डामा रूपान्तरण गर्ने।

युवाहरूले सडकमा उत्रिएको जोसलाई सृजनात्मक योगदान मा रूपान्तरण गर्नुपर्ने बेला आएको छ।

यदि आन्दोलनका अगुवाहरूले पारदर्शी, समावेशी र दीर्घदृष्टियुक्त योजना अघि सारे, यो आन्दोलन इतिहासमा स्थायी नाम कमाउनेछ। नत्र समयले सबै कुराको समीक्षा गर्नेछ।  तर आज जेन्जीको आन्दोलनको उपलब्धिका रूपमा बनेको अन्तरिम सरकारले जुन दस्तावेजलाई टेकेर काम गरिरहेको छ उक्त दस्तावेजबाट जेन्जीका मागहरू पूरा हुने छैनन्। त्यसकारण पनि अन्तरिम सरकारले अन्तिम संविधानको मार्ग रोज्नुपर्छ र त्यसपश्चात् जेनजेटले उठाएका मागहरू को विषयमा गहन छलफल र विश्लेषण पछि सम्बोधन हुने कुरा मा हामी विश्वस्त छौं । अर्को कुरा चेन्जिटका विभिन्न समूहद्वारा विभिन्न किसिमका विचारहरू उत्पन्न गरिरहेका छन्। तर यस्ता खालका अपूर्ण विचारले देशलाई अनन्तकत्व खाडलमा हाल्नु बाहेकको समृद्ध दिशातिर अगाडि बढाउन सक्दैन। 

वर्तमान अवस्थामा देखिएका गतिविधिहरू  केवल प्रचार, अवसरवाद र व्यक्तिगत लाभमा सीमित भए भने, यो आन्दोलन पनि अघिल्ला आन्दोलनजस्तै क्षणिक भावनामा सीमित हुनेछ। त्यसकारण 

निष्कर्ष :

मेरा दृष्टिमा, जेनजेट आन्दोलन नेपालको लोकतान्त्रिक इतिहासमा सत्य, पारदर्शिता र जिम्मेवार शासन को माग स्वरूप आएको एक असल चेतनाको आन्दोलन हो। यसको सफलता वा असफलता अब हामी युवाहरूको अनुशासन, एकता र दीर्घदृष्टिमा निर्भर छ। देशको भविष्य हाम्रा १० वटा मुख्य मागहरूमा कोरिनेछ त्योभन्दा बाहेक यो वा त्यो लगायतका कुराहरुमा अल्झिएर समयलाई खेर फाल्ने काम भइरहेको छ र हामी जेनजेट पुस्ता अर्थात् यो आन्दोलनका प्रवाह कर्ताहरू बीचमा फुटको सिर्जना गरी फेरि पुरानाहरूकै हातमा यो सत्ता र देश फेरि पनि बर्बादीतिर जाने कुरामा हामी गम्भीर भएर सोच विचार गरी नेपाली जनभावना अनुरूप अगाडि बढ्नु जरुरी छ। 

> “सडकको क्रान्ति सफल हुन्छ, जब त्यो व्यवस्थाको सुधारमा रूपान्तरण हुन्छ।”

 

कमेन्ट लोड गर्नुस