सुदूर नेपाललाई विश्वसँग जोड्दै

हावाहुरी पीडितद्धारा धनगढीको १२ नम्वर वडा कार्यालयमा तालाबन्दी

२०७६ साउन १५, ११:०४ कमल सावद

धनगढीका हावाहुरी पीडितलाई राहत वितरणमा बदमासी भएको भन्दै उप–महानगरपालिकाका वडा नम्बर १२ को कार्यालयमा ताला लगाइएको छ। वडा नम्बर १२ का हावाहुरी पीडितहरुले वास्तविक पीडितको सूचि राहत पाउनेमा नराखिएको भन्दै वडा कार्यालयमा ताला लगाएका हुन्। उप–महानगरपालिका भित्र रहेका वडा कार्यालयले प्रहरी मुचुल्का सहित पठाएका पीडितहरुको नाम समावेश नगरी गैर पीडितलाई राहत वितरण गरेपछि बदमासी भएको उनीहरुको आरोप छ। धनगढी उप–महानगरपालिकाको वडा नम्बर १२ जुगेडाका अधिकांश पक्की घर भएका र क्षती नभएका परिवारले राहत पाएपछि पीडितहरु विरोध गर्दै आएका थिए। 
धनगढी उप–महानगरपालिकालाई प्रदेश सरकारले हावाहुरी पीडितका लागि  राहत विवरण गर्न एक करोड २७ लाख ६५ हजार दिएको थियो। प्रतिपरिवार पाँच हजार र १० हजारका दरले राहत वितरण गर्न कार्यविधि बनाइएको छ। तर घरमा क्षती नभएका, पक्की घर भएका र राजनीतिक पहुँच भएकाहरुले राहत पाएको स्थानीयहरुले बताएका छन्। 
गत जेठ २३ गते गएको हावाहुरीका कारण धनगढी उप–महानगरपालिकामा मात्र दुई हजार पाँच सय ५० घरमा आंशिक क्षती र तीन घरमा पूर्ण क्षती भएको तथ्याङक थियो। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस