सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको आदर्श गाँउपालिकाकी उपाध्यक्ष रोकायाले गरिन् कपडा सहयोग

२०८२ असोज १५, ०२:१३ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई ३० थान कपडा सहयोग गरिएको छ। डोटीको आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकायाले बुधवार कपडा बैंकमै पुगेर कपडा सहयोग गरेकी हु्न्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो। कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।

धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।

कपडा आवश्यक परेको व्यक्तिले कपडा बैंकबाट आफूलाई उपयुक्त हुने कपडा छानेर लैजान पाउँछन्। 

कमेन्ट लोड गर्नुस