सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अपराधिक गतिविधी बर्षेनी दोब्बरले बढ्दै

२०७६ साउन १५, ०९:३१ रोशन भट्ट

सुदूरपश्चिमको राजधानी कैलालीमा अपराधिक गतिविधिहरु बर्षेनी दोव्वरले बृद्धी हुन थालेका छन्। सुरक्षा सतर्कता बढाईएको दावी गरिएपनि प्रदेशको राजधानी भएकै जिल्लामा पनि अपराधिक गतिविधि बर्षेनी बढ्दै गएका हुन्। पछिल्लो तीन आर्थिक वर्षको तथ्याङक मात्र हेर्ने हो भने प्रत्येक वर्ष अपराधिक घटनाहरु बढिरहेका छन्। जसमा सबैभन्दा बढी लागु औषध सेवन कर्ता तथा ओसारपसारका संगै चोरीका घटनाहरु बढी देखिएका छन्। आर्थिक वर्ष २०७३/०७४ मा जिल्ला प्रहरी कार्यालयमा छ सय ४८ मुद्धा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७४/०७५ मा नौँ सय ७५ र आर्थिक वर्ष २०७५/०७६ मा एक हजार दुई सय ३६ मुद्धा दर्ता भएका छन। गत आर्थिक वर्ष २०७५/०७६ मा मात्र साधारण चोरीका ९२ वटा मुद्धा दर्ता भएका छन् भने सवारी चोरीका ७ वटा मुद्धा दर्ता भएका छन।

यो संगै सांगठनिक तथा आर्थिक अपराध सम्बन्धि लागु औषधका ८७ मुद्धा दर्ता भएका छन। सार्वजनिक अपराधमा भने गत वर्ष मात्र तीन सय ६६ मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जवरजस्ती करणीमा ८२ मुद्धा दर्ता भएकोमा सवारी ज्यानमा ६१ र आत्महत्या दुरुत्सानमा आँठ मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। उनका अनुसार गत आर्थिक वर्षमा दर्ता भएका एक हजार दुई सय ३६ मुद्धा मध्ये सबै भन्दा बढी फागुनमा एक सय ४१ मुद्धा दर्ता भएका छन। अधिकासं अपराधिक घटनाहरु लागुऔषध सेवनकर्ताले निम्त्याएको भएपनि त्यस तर्फ प्रहरीको ध्यान दिन नसकेको आरोप लाग्दै आएको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस