सुदूर नेपाललाई विश्वसँग जोड्दै

पन्ज्युनयाँ क्रिकेट लिग–४ असोज २० देखि हुने

२०८२ असोज १३, ०८:५० खबर संवाददाता

बैतडीः सर्वाधिक धनराशिको टेनिस बल क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँमा हुने पन्ज्युनयाँ  क्रिकेट लिग–४ यही असोज २० गतेदेखि हुने भएको हो। सुशितम युवा क्लबको आयोजना हुने प्रतियोगिताको प्रथम पुरस्कार रु दुई लाख २२ हजार रहेको क्लबका सदस्य अशोक सिंह कार्कीले जानकारी दिए। यस्तै प्रतियोगिताको उपविजेता टोलीले ६६ हजार पाउनेछ। सेमिफाइनलबाट बाहिरिने टोलीलाई १०÷१० हजार पुरस्कार दिइनेछ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ११ हजार १११, सर्वोत्कृष्ट बलर र ब्याटरलाई सात हजार सात सय ७७, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार १११ पुरस्कारको व्यवस्था रहेको आयोजक क्लबका सचिव जगदीशसिंह कार्कीले बताए। ‘स्वास्थ्यका लागि खेल, एकताका लागि खेल’नारा दिएर सञ्चालन हुने प्रतियोगिताको टिम दर्ता खुल्ला गरिएको छ। सहभागी हुन चाहने टिमले असोज १७ गतेसम्म दर्ता गराइसक्नुपर्नेछ। टिममा चार जना खेलाडी गाउँपालिका बाहिरका पनि राख्न सकिने जनाएको छ। 

आयोजक सुशितम युवा क्लबले पन्ज्युनयाँ खेलमैदानमा गएको लगातार रुपमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ। प्रतियोगिताले क्रिकेटको विकासमा टेवा पुग्ने क्लबका अध्यक्ष वीरसिंह कार्कीको विश्वास रहेको छ। यसअघि सम्पन्न तेस्रो संस्करणको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले ,दोस्रोको आयोजक सुशितम युवा क्लब र पहिलो संस्करणको दोगडास्टार क्लबले हात परेको थियो। 

कमेन्ट लोड गर्नुस