सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चितुवाको छाला सहित दुई जना पक्राउ

२०७६ साउन १४, ११:१४ खबर संवाददाता

कैलालीमा चितुवाको छाला सहित दुई जना पक्राउ परेका छन्। सोमबार मात्र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले अत्तरियाबाट चितुवाको छाला सहित दुई जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ५ वस्ने २३ वर्षका राजेन्द्र थापा र कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ वस्ने ३२ वर्षका राम बहादुर विष्ट रहेका छन्। पहाड बाट तराई तिर ओसारपसार गरिरहेको भन्ने विशेष सूुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले गोदावरी नगरपालिका वडा नम्बर ४ बाट उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट दुई वटा चितुवाको छाला बरामत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेत बताए। एक चितुवालाई आफै शिकार गरेर मारेको तथा अर्को चितुवाको छाला खरिद गरेको विषयमा अध्ययन भईरहेको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस