ऐश्वर्य विद्या निकेतन २०७६ ब्याचका विद्यार्थीबाट सहिदहरूलाई श्रद्धाञ्जलीसहित दीप प्रज्वलन
धनगढीः ऐश्वर्य विद्या निकेतन धनगढीका २०७६ सालको प्लस टु ब्याचका विद्यार्थीहरूले आफ्ना सहपाठी स्व. गौरव जोशी लगायत सहिदहरुको सम्झनामा दीप प्रज्वलन गरेका छन्।
धनगढीमा स्वर्गीय सहपाठीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनिहरुले न्यायको माग गर्दै हिंसामा संलग्न व्यक्तिहरुलाई कारबाहीको माग गरेका छन्।
उनिहरुले सहिद गौरव जोशीसहित सबैको मृत्युको छानबिन गरि प्रधानमन्त्री, गृहमन्त्री लगायत यस घटनासँग सम्बन्धित उच्च पदस्थहरूलाई कानूनअनुसार कारबाही गर्न माग गरेका छन्।