कैलालीमा निषेधाज्ञा पनि हट्यो
धनगढीः जिल्ला प्रशासन कार्यालय कैलाली निषेधाज्ञा हटाएको छ।
कफ्र्यु हटाएर भदौ २८ गते देखि जिल्लामा जारी गरिएको निषेधाज्ञा पनि मंगलबार देखि हटाइएको हो। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालद्वारा जारी आदेशमा हाटलाई हटाइएको उल्लेख छ। भदौ २३ र २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएको परिस्थितिलाई मध्यनजर गरी भदौ २४ गते कैलालीमा अनिश्चित कालिन कफ्र्यु आदेश जारी गरिएको थियो।
पछि भदौ २६ गते देखि भदौ २४ को आदेशलाई परिमार्जन गरेर बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा, साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको थियो भने बिहान ६ बजे देखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक सेवा र कार्यको लागि आवत–जावत (हिँडडुल) गर्न सकिने समय तोकिएको थियो। यसबिच नेपाली सेनाले पनि माघ २५ गते बेलुकी ५ बजे सम्म देश भरी लागू हुने गरी निषेधाज्ञा र सोही दिन ५ बजे देखि माघ २६ गते बिहान ६ बजे सम्म लागू हुने गरी कफ्र्यु आदेश जारी गरेको थियो।