सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा तरुण दलका नेताकै अगुवाइमा पार्टी कार्यालय र निजी घरहरूमा आगजनी

तरूण दलका नगर सभापति सन्दिप बस्नेत
तरूण दलका नगर सभापति सन्दिप बस्नेत
२०८२ भदौ ३१, ०२:४७ खबर संवाददाता

धनगढी:  कञ्चनपुरको महेन्द्रनगरमा भदौ २४ गते भएको जेन्जी युवाहरूको आन्दोलनमा तरुण दलका नेताको अगुवाइमा आगजनी र तोडफोड भएको पाइएको छ।

दोधारा चाँदनकी नगरपालिकाको तरुण दलको सभापतिसमेत रहेका सन्दिप बस्नेतको आगजनी र तोडफोडमा अग्रसरता रहेको पुष्टि भएको हो।

बस्नेत आफैंले महेन्द्रनगरमा नेकपा एमालेका नेताहरूको घरमा आगजनी र तोडफोड गरेको सार्वजनिक रुपमा स्वीकार गरेको भिडियो अहिले भाइरल भएको छ।

टिकटकमा राखिएको २२ सेकेन्डको भिडियोमा काँग्रेस नेता बस्नेतले नेपाली काँग्रेसको पार्टी कार्यालय, एमालेको पार्टी कार्यालय, मेयर पदम बोगटीको घर, पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलको घर, प्रदेश सभा सदस्य प्रकाश रावलको घर तथा पूर्व नगर प्रमुख सुरेन्द्र बिष्टको घर ध्वस्त पारेको बताएका छन्। उनले नेताहरूको घर छानीछानी खोज्ने अभिव्यक्ति दिएको भिडियोमा सुन्न सकिन्छ।

कञ्चनपुर प्रहरीले पनि बस्नेतले बोलेको भिडियो प्राप्त भएको जनाएको छ।

कमेन्ट लोड गर्नुस