धनगढीका दुई युवाले सरसफाइमा खटिएका युवालाई खुवाए खाना
धनगढीः धनगढीका दुई युवाले सरसफाइमा खटिएका युवाहरूलाई खाना खुवाएका छन्।
जेन्जी आन्दोलनमा भएको तोडफोड र आगजनीपछि आइतवार सरसफाइमा खटिएका १२० जना युवालाई खाना खुवाइएको हो।
धनगढीका दिपेश बोहरा र नितिन जोशीले आफ्नै घरमा खाना तयार गरी युवाहरूलाई खुवाएका हुन्।
उनीहरूले धनगढी-१३ मा रहेको दृष्टि फाउन्डेसनमा आश्रितहरूलाई खाना खुवाएका हुन्। मानवीय कार्यमा सहयोग पुगाउन आफ्नै खर्चमा खाना खुवाइएको दिपेश बोहराले बताए।