सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला प्रशासनबाट लगेका सामान फिर्ता गर्न थाले

२०८२ भदौ २९, ११:०३ खबर संवाददाता

धनगढी: जिल्ला प्रशासन कार्यालय कैलालीबाट लगिएका सामान फिर्ता गर्न थालिएको छ।

आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि घर लगिएका सामान शनिवारदेखि फिर्ता गर्न थालिएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा सामान बुझ्न सशस्त्र प्रहरीलाई खटाइएको छ। आइतवार बिहान १० बजेसम्म ६ थान दराज, १२ थान अफिस कुर्सी, एक सेट सोफा, कम्प्युटर टेबुल, फाइल राख्ने र्‍याक लगायतका सामान फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीले सर्वसाधारणलाई तोडफोड र आगजनीको क्रममा सरकारी कार्यालय तथा निजी घर तथा पसलबाट लगिएको सामान फिर्ता गर्न अपिल गरिएको छ।

कमेन्ट लोड गर्नुस