सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला प्रशासनमा तास भेटिए, बरामद गरिएका तास भएको तर्क

२०८२ भदौ २९, १०:१४ खबर संवाददाता

धनगढी : जिल्ला प्रशासन कार्यालय, कैलालीमा तास फेला परेका छन्।

सरसफाइ गर्ने क्रममा तास फेला परका भन्दै जेन–जी पुस्ताका व्याक्तिहरूले भिडिओ बनाएका हुन्। उनीहरूले जिल्ला प्रशासन कार्यालय, कैलालीमा ठुलो सङ्ख्यामा तास फेला परेका भन्दै आलोचना गरेका थिए।

तर, जिल्ला प्रशासन कार्यालय, कैलालीको मुदुदा शाखाले प्रहरीले दसीका रूपमा पेस गरेका तासहरू तोडफोड र आगजनी पछि छरपस्ट भएका बताएको छ। जिल्ला प्रशासन कार्यालय, कैलालीले प्रहरीले प्रमाणका रूपमा जुवा खालबाट रुपैयाँ, तास, मोबाइल लगायतका बस्तुहरू बरामद गर्ने गरेको बताएको छ। प्रहरीले जिल्ला प्रशासनमा पेस गरेका प्रमाणका रूपमा रहेका केही तास जलेका, केही तास बाहिर देखिएका हुन्। जेन–जी पुस्ताहरूले धनगढीका अन्य कार्यालयहरू तथा मन्त्रालयहरूमा पनि तास फेला परेका बताएका छन्। उनीहरूले अन्य कार्यालयमा तास फेला परेकाले जिल्ला प्रशासनमा समेत ताल खेल्नका लागि प्रयोग गरिएको आशङ्का व्यक्त गरेका थिए।

 

कमेन्ट लोड गर्नुस