सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिला मन्त्री भएको ६६ वर्षपछि नेपालले पायो पहिलो महिला प्रधानमन्त्री

२०८२ भदौ २७, ११:२१ Dineshkhabar Desk

धनगढी: नेपालमा महिला मन्त्री नियुक्त भएको ६६ वर्षपछि पहिलो पटक कार्यकारिणी प्रमुख अर्थात प्रधानमन्त्रीमा महिला नियुक्त भएकी छिन्। सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्।

यसअघि  २०१६ साल जेठ १३ गते नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको मन्त्रिपरिषद्‌मा द्वारिकादेवी ठकुरानीलाई उपमन्त्री नियुक्त गरिएको थियो। त्यसयता २१ जना पुरुष प्रधानमन्त्री भएपश्चात मात्र सुशीला कार्की नेपालको ४२ औँ प्रधानमन्त्रीको पदमा पुगेकी हुन्।

यसअघि कार्की २०७३ साल असार १३ गते नेपालकी पहिलो महिला प्रधानन्यायाधीश नियुक्त भएकी थिइन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरिसकेकी छन्।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई हार्दिक बधाई!

Dineshkhabar Desk

कमेन्ट लोड गर्नुस