सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधान रक्षाको माग गर्दै धनगढीमा प्रदर्शन

२०८२ भदौ २६, ०६:४८ खबर संवाददाता

धनगढी : संविधान रक्षाको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा संविधानको रक्षा गर्नुपर्ने माग राख्दै युवाहरूले बिहिवार प्रदर्शन गरेका हुन्।

जिल्ला प्रशासन, कैलालीले जारी गरेको निषेधाज्ञाकाबिच धनगढीको मुख्य बजार क्षेत्रमा भेला भएका उनीहरूले संविधान र लोकतन्त्रको पक्षमा नाराबाजी गरेका छन्। प्रदर्शनकारीहरूले “रगत र बलिदानबाट प्राप्त गरेको संविधानको रक्षा गर”, “लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो”, “राष्ट्रपति बन्धकी बनाउन पाइदैन” जस्ता नारा लेखिएका प्लेकार्डसहित जुलुस निकालेका थिए।

विशेषगरी नेपाली काँग्रेस निकट नेविसंघ, तरुण दल तथा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट युवा सङ्घमा आबद्ध युवाहरूको सहभागिता रहेको थियो।

युवाहरूले संविधानमाथि आक्रमण हुने कुनै पनि प्रयास अस्वीकार्य हुने चेतावनीसमेत दिएका छन्।

 

कमेन्ट लोड गर्नुस