सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा कारागारको सुरक्षामा कडाई

२०८२ भदौ २६, ०२:३३ खबर संवाददाता

बजुराः बाजुरा कारागारमा सुरक्षा कडाई गरिएको छ। जेनजीको आन्दोलनपछि कैदीबन्दी बाहिर जाने प्रयास गरेसँगै सुरक्षामा कडाई गरिएको हो।

जिल्ला कारागार बाजुरामा रहेका कैदीबन्दीहरूले हामी पनि बाहिर निस्कन पाउनुपर्छ भन्दै प्रयास गर्ने गरेकाले यहाँ सुरक्षामा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

यसरी यो कारागार निकै पुरानो र त्यसैमा जीर्ण भएकाले पनि थोरै तोड्फोन गर्ने बित्तिकै भत्किने सम्भावना बढी छ।

२०३७ मा २५ जना कैदी राख्ने क्षमताको कारागारमा हाल ६५ जना कैदी रहेका छन्  । योभन्दा पहिला पनि कैदीबन्दीले कारागार पुरानो र जीर्ण बन्दै गएको र यसका मर्मत सम्भार गर्नुपर्ने माग राख्दै आएका थिए।

कारागार धेरै पुरानो भएकाले यहाँ कैदीबन्दी व्यवस्थापन गर्न त्यसैमा निकै सकस छ। हिजो देश भरमा भएको जेनजीको आन्दोलनले उनीहरु बाहिर निस्कन प्रयासमा थिए।

त्यहाँ सुरक्षा कडाई गरिसकेपछि अहिले बाजुरा कारागारको स्थिति सामान्य रहेको जिल्ला प्रशासन कार्यालय बाजुरा प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेललले बताए। 

एनले भने, “यहाँको पुर्वमा मालिका मन्दिर, पश्चिममा कारागार मोड ,उत्तरमा जिल्ला अस्पताल पछाडि दक्षिणमा निर्माणाधीन बसर्पाक क्षेत्र भित्र कुनै प्रकारको जुलुस, प्रदर्शन सभा बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरेको छ।”

कफ्र्यु आदेशको अवधिभर अत्यावश्यक सेवाका सवारी साधन (एम्बुलेन्स शव वाहन) आगमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस