त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द
काठमाण्डौ: काठमाण्डौमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ। यसअघि आज दिउँसो १० बजेदेखि विमानस्थल बन्द गर्ने भनेकामा विमानस्थल कार्यालयले बिहान साढे ११ बजे सूचना निकालेर अनिश्चितकालका लागि बन्द गरेको जानकारी गराएको हो।
विषम परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि विमानस्थल बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ। आन्तरिक र बाह्य दुवै उडान अहिले प्रभावित बनेका छन्।