पहाडमा वर्षा र तराईमा गर्मी बढ्ने पूर्वानुमान
काठमाडौँ, जेठ १८ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशको हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुने पूर्वानुमान गरेको छ।
महाशाखाका अनुसार आज राति देशको हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायुको प्रभाव छ। मङ्गलबार र बुधबार देशको हिमाली र पहाडी भूभागमा साधारणतया तथा तराई भूभागमा आंशिक बादल लाग्ने छ।
सो दुई दिन हिमाली तथा र पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। भोलि मधेश प्रदेश तथा कोशी प्रदेशको तराई क्षेत्रमा र पर्सी मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।