जबरजस्ती करणी मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ
२०८२ भदौ २४, १०:२२
कञ्चनपुरः जबरजस्ती करणी मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०७७ फागुन १७ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ महिना १६ दिन कैद सजाय तोकिएपछि फरार रहेका दोधारा चाँदनी नगरपालिका ६ पत्थरनाला बस्ने २६ वर्षीय सुजित थापा मगर पक्राउ परेका हुन्। मगरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस