सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसद् भवन परिसरमा भेला हुन थाले युवा

२०८२ भदौ २४, ०९:२६ खबर संवाददाता

काठमाडौँ: नयाँ बानेश्वरस्थित ससद् भवन परिसरमा बिहानदेखि युवाहरु स्वस्फूर्त भेला हुन थालेका छन्।

अहिले उनीहरुले कुनै ब्यानर बोकेका छैनन्। ’हिजोको घटनामा सरकारको कमजोरी देखिएको छ। युवाको पक्षमा स्वस्फूर्त आएको हुँ,’ एकजना युवाले भने। भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध असन्तुष्ट जेन–जीको सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो।

जेन–जीको असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा सरकारले दमनकारी नीति लिँदा सोमबारको अप्रिय घटना भएको सत्तारूढ तथा विपक्षी दलका नेताहरूले बताएका छन्  भने सरकारको चौतर्फी आलोचना भइरहेको छ।

कमेन्ट लोड गर्नुस