सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरीका एक युवक १० ग्राम खैरो हेरोइनसहित पक्राउ

२०८२ भदौ २३, ०८:२४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको बेलौरीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

बेलौरी नगरपालिका–९ अण्डैयाटोलको भित्री सडक खण्डमा सोही ठाउँको झरना खोला बस्ने २४ वर्षीय गोविन्दबहादुर कठायतलाई १० ग्राम २५० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो। कठायतलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 
 

कमेन्ट लोड गर्नुस