सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको डोकेबजारबाट लागुऔषधसहति एक जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०८२ भदौ २२, ०७:५६ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। डोटीको जोरायल गाउँपालिका–४ जिजिकोटका २५ वर्षीय टेकेन्द्र कुँवर एक ग्राम ७० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट शनिवार उनी भारतबाट नेपाल तर्फ आउदै गर्दा पक्राउ परेका प्रहरीले बताएको छ। प्रहरी चौकी परासन, कञ्चनपुरको टोलीले कुँवरलाई पक्राउ गरेको हो। सोही विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

 

कमेन्ट लोड गर्नुस