सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा दुई किशोरी मृत फेला

२०८२ भदौ १९, ०३:४१ खबर संवाददाता

अछामः अछाममा दुई किशोरी मृत फेला परेका छन्। तुर्माखाँद गाउँपालिका– ६ सल्लेरी वनमा दुई किशोरी मृत फेला परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालका अनुसार घर नजिकैको वनमा रहेको एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

उमेर नपुगेको हुँदा प्रहरीले किशोरीको नाम सार्वजनिक गरेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस