कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
कञ्चनपुरः कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको बेदकोट नगरपालिका ९ कोल्डस्टोर नजिक बजारबाट घर जाने क्रममा चालक शिविर बस्ने ४५ वर्षीय बहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सोमवार रानाले चलाएको बा ६६ प २९६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट नालामा खस्दा उनी घाईते भएका थिए। उनलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा उपचारको क्रममा सोही दिननै मृत्यु भएको प्रहरीले जनाएको छ।