सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य तोलाको दुई लाख तीन हजार ६ सय पुग्यो

२०८२ भदौ १५, १२:४५ रासस

काठमाडौंः नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू दुई लाख तीन हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। गत शुक्रबारको कारोबार मूल्यभन्दा आज सुनको मूल्य प्रतितोला रू तीन हजारले बढेको हो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४२५ कायम भएको छ।

कमेन्ट लोड गर्नुस