सुनको मूल्य २ लाख तीन हजार छ सय
धनगढी : साताको कारोबार हुने पहिलो दिन आइतवार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। गत साताको अन्तिम दिन शुक्रवार कायम भएको रेकर्ड आज तोडिएको हो।
आज नेपाली बजारमा सुनको मूल्य २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो कारोबार दिन सुन तोलामा २ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३ हजार रुपैयाँले बढेको हो।
त्यस्तै आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर २ हजार ४२५ रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य तोलामा २ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।