बझाङको छबिसपाथिभेरा-६ मा नयाँ वडा कार्यालय भवन उद्घाटन
बझाङः बझाङको छबिसपाथिभेरा गाउँपालिका–६ मा नयाँ वडा कार्यालय भवनको उद्घाटन गरिएको छ।
बिहीबार आयोजित औपचारिक समारोहका बीच संविधानसभा सदस्य जनकबहादुर बुढाले भवन उद्घाटन गरेका हुन्।
स्थानीय तह सञ्चालनमा आएको आठ वर्षपछि मात्रै वडा नम्बर ६ ले आफ्नै कार्यालय भवन पाएको हो। यसअघि वडा कार्यालयले साविकको गाविस भवनमार्फत सेवा दिँदै आएको थियो। वडाअध्यक्ष गजेन्द्र बुढाका अनुसार अब आफ्नै भवनबाट सेवा सञ्चालन हुँदा सेवा प्रवाह अझ सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।