साफ यु–१७ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै
काठमाडौंः दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ। डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छभने तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ।
घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ। नौ अङ्कका साथ बङ्गलादेश दोस्रो स्थानमा छ। प्रतियोगितामा यिनै चार देश सहभागी छन्। खेल तालिकाअनुसार यही भदौ १५ गते भुटानसँग नेपाल भिड्ने छ। उपाधि जित्ने होडबाट नेपाल बाहिरिएको छ।