सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट भन्सार छलीका सामान बरामद

२०८२ भदौ १०, १२:४० खबर संवाददाता

धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

सोमवार जिल्लाका विभिन्न स्थानबाट भारतबाट अवैध रुपमा भन्सारछली गरी ल्याईएका करिब २ लाख २७ हजार ७४० रुपैया बराबरका सामानहरु प्रहरीले बरामद गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिका– २ बैयावेहडी र भजनी नगरपालिका–७ हिक्मतपुरबाट सो मुल्य बराबरका सामानहरु बरामद गरिएका हुन।

बरामद गरिएका सामानहरुमा मोवाइल कभर, बिडी, सुर्ती, ४ वटा साइकल लगायत रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस