सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ग्रील उद्योगभित्र कामदार मृत भेटिए

२०८२ साउन ३१, ०८:१४ खबर संवाददाता

धनगढीः धनगढीमा ग्रील उद्योगभित्र एक जना कामदार मृत अवस्थामा भेटिएका छन्।

धनगढी उपमहानगरपालिका–५ को पूरानो एयरपोर्ट नजिकै रहेको बिरजया ग्रिल स्टील एण्ड आलमोनिय उद्योगभित्र २३ वर्षीय सुनिल भुल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले उनी शुक्रवार बिहान उद्योगभित्र मृत भेटिएको बताएका हुन्। 

कमेन्ट लोड गर्नुस