सुदूर नेपाललाई विश्वसँग जोड्दै

जैविक विषादीको प्रयोग गर्न सके मानव स्वास्थ्यमा पर्ने गम्भीर असर न्युनीकरण गर्न सकिने (अडियो रिर्पोट)

२०७५ वैशाख ३०, ०३:५४

तरकारी र फलफुलको व्यवसायीक खेति गर्दै आएका अधिकांश किसानहरु बालीमा स–सानो समस्या आइपर्दा विषादीका लागि  एग्रोभेट धाउने गर्दछन्। एग्राभेटमा पाईने विषादीको प्रयोगले बालीमा देखिएका विभिन्न खालका प्रकोप नियन्त्रण गरेर उत्पादनलाई बृद्धि गर्न सकिन्छ भन्ने धारणा उनीहरुमा रहेको हुन्छ। तर बालीमा प्रयोग गरिने विषादीले स्वयम किसान र त्यस्तो तरकारी तथा फलफूल उपभोग गर्ने आम नागरीकमा पार्ने असरका विषयमा चासो लिएको पाईदैन्। नेपालका झन्डै ९५  प्रतिशत किसानले तरकारी र फलफुल बालीमा विषादीको प्रयोग गर्ने गरेको तथ्याङ्क छ।

विषादी प्रयोग भएको सोही तरकारी तथा फलफुल बजारमा खरिद बिक्रि हुदै आएको छ। विषादी युक्त तरकारी तथा फलफूलले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ। बढ्दै गएको विषादी  प्रयोगले क्यान्सर, प्यरालाइसिस जस्ता गम्भीर रोगको जोखिम पनि बढाएको जिल्ला कृषि विकास कार्यालय कैलालीका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए। बालीमा विषादीको प्रयोग गर्नुहुदैन भन्ने नभएतापनि प्रयोग गर्ने तरिका नमिल्दा वर्षेनी हजारौँ किसानले गम्भीर खालका स्वास्थ्य समस्या झेल्दै आएका छन्  भने जैविक विषादीको प्रयोगलाई बढाउन सके विषादीको प्रयोगबाट हुने समस्या कम हुने उनले बताए।

साथै बालीको राम्रो स्याहार सुसार गर्न सके पनि विषादी प्रयोग गर्नुपर्ने झन्जटबाट मुक्ती मिल्ने उनको भनाई छ। यदि बालीमा विषादीको प्रयोग नगरी नहुने अवस्थामा आएमा मात्र सावधानी पूर्वक प्रयोग गर्नुपर्दछ। विषादी प्रयोग गर्दा किसानले मास्क, पन्जा लगाउने, विषादी राखेको बारीनजिक चुरोट नखाने, हावाहुरी चलेको बेला विषादी नछर्कने तथा साबुनपानीले हात राम्रोसँग धुने गर्नुपर्दछ। तरकारी बाली र फलफुल बालीलाई विषादी रहित बनाउन सकेमा मानव स्वास्थ्यमा पर्ने असर स्वतः कम हुदै जानेछन्। विषादीको प्रयोग घटाउन सकेमा मिर्गौला, क्यान्सर जस्ता प्राणघातक रोगको वृद्धि रोक्न सकिनेछ। त्यसका लागि किसान र आम उपभोक्ताले समेत सचेत बन्नुपर्ने बेला आएको छ। 

कमेन्ट लोड गर्नुस