दार्चुलामा १० बर्षीया बालिकाकाले ट्याक्टर चलाउँदा घटनास्थलमै मृत्यु
दार्चुला–जिल्लाको मार्मा गाउँपालिका २ घोप्टेमा रोकेर राखिएको ट्याक्टरलाई १० वर्षीय बालिकाले चलाउँदा बालिकाको घट्नास्थलमै मृत्यु भएको छ। एकसातादेखि सडकमा रोकेर राखिएको को १ त ६७७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मार्मा गाउँपालिका २ कि १० वर्षीया दिपिका महराको घट्नास्थलमै मृत्यु भएको हो भने दिपिकाको भाई साढे छ महिनाका अनिस महरा र ८ वर्षीय शेरसिह धामी घाइते भएका छन्।
सडकको किनारमा राखिएको ट्याक्टर बालिकाले चलाउँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ। सडकको छेउबाट ट्याक्टर झण्डै एक सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय लटिनाथका सई उत्तम अवस्थीले बताए। दुर्घटनामा परि घाइते भएका मध्ये अनिश गम्भीर छन्। स्थानीय मेडिकलमा सामान्य चेकजाँच पछि थप उपचारको लागि गोकुलेश्वर अस्पताल रिफर गरिएको अवस्थीले जानकारी दिए।