सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायलको आक्रमणमा परी गाजामा अल जजीराका पाँच पत्रकार मारिए

एजेन्सी
एजेन्सी
२०८२ साउन २६, ०४:५०

काठमाडौँः इजरायलको हवाई आक्रमणमा परी गाजामा अल जजीराका पाँच पत्रकार मारिएका छन्।

अल जजीराले गाजाको अल–शिफा अस्पताल नजिक भएको आक्रमणमा परी उनीहरु मारिएको जनाएको छ।

मारिने पत्रकारहरूमा अल जजीराका सम्वाददाता अनस अल सरिफ, मोहम्मद क्रेकेह, क्यामेराम्यान इब्राहिम जाहेर, मोआमेन अलिवा र उनीहरूका सहायक मोहम्मद रहेको अलजजिराले पुष्टि गरेको छ ।

करिब दुई साताअघि अल जजीराले इजरायली रक्षा बल (आईडीएफ) को निन्दा गर्दै गाजामा अलि–शरीफसहित उक्त टिमका पत्रकारविरुद्ध अभियान चलाइएको बताएका थियो।

आक्रमणको केही समयपछि आईडीएफले अनस अल–शरीफमाथि आक्रमण भएको पुष्टि गरेको छ। पत्रकार शरिफले गाजा शहरभित्र तीव्र इजरायली बमबारी भइरहेको रिपोर्टिङ गरिरहेको भिडियो सार्वजनिक भएका छन् ।

कमिटी टू प्रोटेक्ट जर्नलिस्ट्सका अनुसार सन् २०२३ मा गाजामा इजरायलको सैन्य कारबाही शुरू भएयता १ सय ८६ पत्रकारहरू को ज्यान गइसकेको छ । 

कमेन्ट लोड गर्नुस