सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा माओवादीका नेतहरूको बिचमा हानाहान

२०८२ साउन ११, ०७:४४ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा माओवादी केन्द्रका नेताहरूको बिचमा हानाहान भएको छ। माओवादी केन्द्रको आन्तरिक बैठकमा हानाहान भएको हो।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता सागर बोहराले भूवन विष्ट र रामचन्द्र भट्ट घाइते भएका बताएका छन्। भूवन विष्टको महाकाली प्रादेशिक कार्यालय, महेन्द्रनगर र रामचन्द्र भट्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। भट्टको टाउकोमा सात वटा टाँका लागेका छन्।

कञ्चनपुर प्रहरीले माओवादी नेताहरूको बिचमा आन्तरिक विवादले झगडाको रूप लिएको बताएको छ। तर, प्रहरीले सामान्य विवाद भएको बताएको छ।

 

कमेन्ट लोड गर्नुस