कैलालीबाट ठुलो मात्रामा लागुऔषधसहित भारतीय नागरिक पक्राउ
२०८२ साउन ४, ०७:२२
धनगढी : कैलालीबाट ठुलो मात्रामा लागुऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन।
जिल्लाको कैलारी गाउँपालिका–१ हसुलियाबाट १७ ग्राम चार सय ६० मिलिग्राम खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ परेका हुन्।
भारतको लखिमपुरको चन्दनचौकीका २३ वर्षीय अन्सु गुप्तालाई प्रहरीले शनिवार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीले उक्त घटनामा थ अनुसन्धान गर्दै छ।
कमेन्ट लोड गर्नुस