घोडाघोडीका एक फरार प्रतिबादी पक्राउ
धनगढीः कैलालीको घोडाघोडीका एक फरार प्रतिबादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको मिति २०८० पुस १२ गतेको फैसलाले औषधीको अनुचित प्रयोग तथा दुरुपयोग मुद्दामा १५ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएको कैलालीको घोडाघोडी नगरपालिका–१ लोहारपुर बस्ने २५ वर्षीय दिपक धामी पक्राउ परेका हुन्। धामीलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।