चोरी मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ
२०८२ असार २३, ०७:४५
कञ्चनपुरः चोरी मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको फैसलाले चोरी मुद्दामा १ वर्ष कैद सजाय तोकिएको भीमदत्त नगरपालिका-१८ बागबाणी वस्ने २१ वर्षीय रोहित दमाइ पक्राउ परेका हुन्। दमाईलाई अस्थायी प्रहरी पोष्ट पुष्पलालचोक, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस