सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला अदालत कैलालीले दोसी ठहर गरेका २ जना पक्राउ

२०८२ असार १६, ११:४९ खबर संवाददाता

धनगढीः जिल्ला अदालत, कैलालीले दोसी ठहर गरेका २ जना पक्राउ परेका छन्।

कैलालीको घोडाघोडी नगरपालिका–११ लबपुरका ३८ वर्षीय विजय कठरिया र कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का रविन चौधरी पक्राउ परेका हुन्।

रविन चौधरी सवारी ज्यान मुद्दामा एक महिना कैद र २ हजार जरिबाना तोकेपछि फरार भएका थिए। उनलाई कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट प्रहरीले पक्राउ परेको हो। चोरी मुद्दामा एक महिना १७ दिन कैद र १० हजार जरिबाना तोकिएका विजय कठरिया घर नजिकबाट पक्राउ परेका हुन्।

 

कमेन्ट लोड गर्नुस