सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेयर बजारमा हरियाली

२०८२ असार १५, ०३:२५ खबर संवाददाता

काठमाडौं : साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा हरियाली छाएको छ।

आज नेप्से परिसूचक ३० दशमलव ०९ अंकले बढेर २६२५ दशमलव ८४ को विन्दुमा पुगेको छ।

आइतवार ३२८ कम्पनीका ७४ हजार ७५२ पटकको कारोबारमा एक करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर खरिद बिक्री भएको छ। जसमा कारोबार रकम ७ अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँ रहेको छ।

१८५ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको घटेको छ। आज साहस ऊर्जा लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन्।

 

कमेन्ट लोड गर्नुस