सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानी क्रिकेट टिमका प्रमुखद्धारा राजीनामा

। फोटो स्रोत ।
२०७६ साउन २, ११:१६

पाकिस्तानी क्रिकेट टिमका प्रमुख छनोटकर्ता इन्जमाम उल हकले पदबाट राजीनमा दिएको घोषणा गरेका छन्। बुधबार उनले पदबाट राजीनामा दिएको घोषणा गर्दै आफ्नो कार्यकाल ३० जुलाईसम्म मात्रै हुने प्रष्ट पारे। उनले भने मेरो कार्यकाल ३० जुलाईसम्म मात्रै हो त्यसपछि म पदमा रहन्न।’ उनी २०१६ मा पाकिस्तानी क्रिकेट टिमको प्रमुख छनोटकर्ता बनेका थिए। आईसीसी विश्वकपमा टिमको प्रदर्शनका कारण उनी पनि आलोचित बनेका थिए।

बुधबार लाहोरमा पत्रकार सम्मेलन गरि कार्यकाल बढाउने पक्षमा आफू नरहेको पनि प्रष्ट पारे। उनले सेप्टेम्बरमा हुने आईसीसी विश्व टेस्ट च्याम्पियन, २०२० मा टी–२० विश्वकप र २०२३ को विश्वकपका लागि तयारी गर्न अहिले नै नयाँ विचार भएको व्यक्ति ल्याउनु पर्ने बेला आएको पनि उल्लेख गरे।

कमेन्ट लोड गर्नुस