कञ्चनपुरबाट लागूऔषधसहित १ जना पक्राउ
धनगढीः कञ्चनपुरबाट प्रहरीले लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ।
शुक्रवार भीमदत्त नगरपालिका–४ गोबरियाका २८ वर्षीय रबि भाटको घरको कोठामा खानतलासी बरामद गरिएको लागू औषध सहित पक्राउ गरिएको हो।
उनको साथबाट रेक्सोजेहिक एम्पुल १२ थान, बुप्रेनोरफाइन हाइब्रोराइड मांक एम्पुल स्थान २, फेनार्गन एम्पुल २, थान, र सिरिन्ज १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपरले जनाएको छ।