अधिवक्ता जोशीद्वारा विद्यालयलाई शैक्षिक टोकरी सहयोग

धनगढीः ‘जोशी ल एन्ड एसोसिएट्स’, अनामनगर, काठमाडौँका सञ्चालक अधिवक्ता दीपकराज जोशीले कञ्चनपुरको बैजनाथ माध्यमिक विद्यालय, बेलडाँडी ५, झिलमिलालाई शैक्षिक सामग्रीसहितका १५ ओटा शैक्षिक टोकरी सहयोग गरेका छन्। शैक्षिक टोकरीमा अन्य शैक्षिक सामग्री निर्माण गर्न आवश्यक पर्ने टुलस् र दैनिक प्रयोगका सामग्री रहेका छन्।
बैजनाथ माविका प्रत्येक शिक्षकलाई एक एक ओटा टोकरी वितरण गरिएको हो। प्रत्येक शैक्षिक टोकरीमा कैँची, स्टिच, ग्लुस्टिक, टेप, पन्चिङ्ग मेसिन, स्केल, टिपेक्स, हाइलाइटर, पेन्सिल कलर, साइनपेन कलर, ब्यान्डेज, रातोकालो डट्पेन, पेन्सिल, कटर, मेटर, शिक्षक डायरी आदि सामग्री रहेका छन्। सामुदायिक विद्यालयप्रति नकारात्मक भवना फैलाउनुभन्दा आफूले सकेको सहयोग गर्ने कुरा धेरै ठुलो भएको प्रध्यानाध्यापक तीर्थराज भट्टले बताए।

