कञ्चनपुरबाट लागूऔषध र सवारी ज्यान मुद्दामा फरार ४ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषध र सवारी ज्यान मुद्दामा फरार ४ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकिएका वेदकोट नगरपालिका–६ सिसैया बस्ने २४ वर्षीय निश्चल केसी र २५ वर्षीय प्रदिप मार्कण्ड भण्डारी पक्राउ परेका छन्।
यस्तै सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय तोकिएका कृष्णपुर नगरपालिका–२ बाणी बस्ने २३ वर्षीय अनिल चौधरी र कृष्णपुर नगरपालिका–७ बस्ने ३८ वर्षीय भोजराज डगौरा पक्राउ परेका हुन्। फरार रहेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो।