सुदूर नेपाललाई विश्वसँग जोड्दै

ईप्रका मालाखेती अत्तरियाका डिएसपी थापाको सरुवा, चन्द आउने

२०८२ वैशाख ११, ०३:०५ खबर संवाददाता

धनगढीः ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा बहादुर थापाको सरुवा भएको छ।

थापाको गण्डकी प्रदेश प्रहरी गण पोखरा सरुवा भएको हो। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बुधवार सार्वजनिक गरेको सूचनामा थापासहित १२१ डिएसपीहरूको सरुवा गरेको जनाएको छ। थापाको स्थानमा सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत रण बहादुर चन्द आउने भएका छन्।

 

कमेन्ट लोड गर्नुस