सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाइ ३९थान कपडा सहयोग

२०८२ वैशाख १०, ०१:५३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैंकलाइ ३९ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी उपमहानगरपालिका–१ टिसीयन चोक बस्ने शिद्धार्थ शुक्लाले ३९ थान कपडा सहयोग गरेका हुन्।

उनले आफ्नो जन्मदिनको अबसरमा कपडा सहयोग गरेका हुुन्। धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको उक्त कपडा बैंक धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र उनका भाइहरूले आफ्नै लगानीमा सञ्चालनमा ल्याएका हुन्।

कमेन्ट लोड गर्नुस