कैलालीको गोदावरीका शंकर आउजी १३ दिनदेखि बेपत्ता
धनगढीः कैलालीको गोदावरीका शंकर आउजी १३ दिनदेखि बेपत्ता भएका छन्। जिल्लाको गोदावरी नगरपालिका१२ गौडी बस्ने लछी आउजीको छोरा शंकर आउजी गत चैत्र २९ गते राति ११ः४५ बजेदेखि घरबाट बेपत्ता भएका हुन्।
उनी बेपत्ता भएको दोस्रो दिन चैत्र ३० गते खोजिका लागि प्रहरीमा निवेदन दिएको भएपनि अहिले सम्म फेला नपरेको पारिवारिक श्रोतले जनाएको छ। शंकर गौरीफन्टा नाका लगाएत भारतको विभिन्न स्थानमा देखा परेको भएपनि फेला नपरेको बताइएको छ। उनलाई कसैले देखे वा भेटेमा नजिकैको प्रहरी चौकी तथा ९८४८४५१५३२ मा सम्पर्क गरि दिनुहुन परिवारले आग्रह गरेका छन्।