सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

२०८२ वैशाख १०, ०७:२६ खबर संवाददाता

धनगढी: धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। मंगलबार राति पौने ११ बजे धनगढी उपमहानगरपालिका–१३ झलारी गाउँमा एयरपोर्टबाट राजपुुरतर्फ आइरहेको से ६ प ७०१९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर चालक धनगढी–४ बस्ने २८ वर्षीय लक्ष्मण चौधरी गम्भीर घाइते भएका छन् भने पछाडि सवार रतीराम चौधरी पनि घाइते छन्। दुवै जनाको नवजीवन अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल आफैं अनियन्त्रित भएर नालामा खसेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस