कञ्चनपुरबाट खैरो हिरोईन मुद्दामा फरार प्रतिबादी पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट खैरो हिरोईन मुद्दामा फरार प्रतिबादी पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरलेगत चैत्र ७ गतेको आदेशले लागुऔषध (खैरो हिरोईन) मुद्दामा १ वर्ष १ महिना कैद र ५ हजार जरीवाना तोकेपछि फरार रहेका पुनर्वास नगरपालिका–११ डोकेबजार बस्ने ४९ वर्षीय ऋषिराम कँडेल पक्राउ परेका छन्। कँडेललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सोमवार उनकै घरबाट पक्राउ गरी अदालतमा पेश गरेको छ।